एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

10 Jun,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_31_25_6_7_2021_10_06_33_6_10_2021_9_52_17.jpg
नेपाली पैसा

काठमाडौं  : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ २७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम भाउ १३ सय ६६ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
 

Post Your Comment