काठमाडौं : एनआइसी एसिया बैंकको प्रस्तावित लाभांश रद्द भएको छ । लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जानकारी गराएको छ । नियामकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको हो । यसअघि एनआइसी एसियाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामकले अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जनाएको छ ।
