Market Closed

एनआइसी एसिया लघुवित्तको उत्साहजनक प्रगति : खुद नाफा २४७.९३% ले बढ्यो

22 Apr,2021
  • profit_2_5_2020_11_30_21.png
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको तुलनामा २४७.९३% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७२ लाख ४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । स्वदेशी लघुवित्तसँग मर्जरपछि एनआइसी एसिया लघुवित्तको अधिकांश सूचकमा अझ आकर्षक सुधार भएको छ ।
 
यता, खुद ब्याज आम्दानी २७ करोड ११ लाख ३२ हजार रुपैयाँबाट बढाएर ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ पर्याएको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी २४२.९४% ले वृद्धि भएको हो । साथै, सञ्चालन नाफा २२०.१८% ले बढेर ६२ करोड ४० लाख १३ हजार रुपैयाँ पुगेको छ । कर्जा लगानी ११९.७५% ले वृद्धि गरी १५ अर्ब ८८ करोड ४२ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । खराब कर्जा भने ०.३२% बाट बढेर १.४९७% पुगेको छ । 
 
एनआइसी एसिया लघुवित्तको चुक्ता पुँजी र रिजर्भ कोष दुवैमा वृद्धि देखिएको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै, रिजर्भ कोषमा ७९ करोड ५३ लाख २ हजार रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोष गत वर्षको तुलनामा २४९.५७% ले बढेको हो । यस लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ३२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ ।

Post Your Comment