Market Closed

१३ निर्जीवन बिमा कम्पनीको व्यापार कस्तो छ, महत्वपूर्ण सूचकहरुमा को अघि ?

12 May,2021
  • profit_5_12_2021_8_02_55.jpg
नेपाली पैसा
 
काठमाडौं : अहिलेसम्म नेप्सेमा सूचीकृत १३ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेप्सेमा १८ निर्जीवन बिमा कम्पनीहरु सूचीकृत रहेका छन् । ५ कम्पनीले भने वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश कम्पनीको खुद नाफा, खुद बिमा शुल्क, बिमा कोषको आकारलगायत महत्वपूर्ण सूचकहरु बढेका छन् ।

कोरोना महामारीका बीचमा निर्जीवन बिमा कम्पनीहरुले प्रस्तुत गरेका वित्तीय विवरणहरु औसतमा सकारात्मक रहेका छन् । यसले कठिन परिस्थितिमा पनि व्यवसाय विस्तारमा यी कम्पनीहरु दृढताका साथ लागिपरेको विश्लेषण गर्न सकिन्छ । अहिलेसम्म वित्तीय विवरण आएकामध्ये अधिकांश महत्वपूर्ण सूचकहरुमा नेको इन्सुरेन्स सबै अगाडि रहेको छ । अब हेरौं, कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ : 
 
८ कम्पनीको चुक्ता पुँजी बढ्यो
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ८ निर्जीवन कम्पनीको चुक्ता पुँजी वृद्धि भएको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेम एनएलजी इन्सुरेन्स रहेको छ । यसको चुक्ता पुँजी ७१.२०% ले बढेर १ अर्ब १२ लाख २३ हजार रुपैयाँ पुगेको छ । यसले ६०% हकप्रद सेयर पनि निष्कासन गरेकाले पुँजी धेरै बढेको हो । ५ कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ । अहिलेसम्म विवरण आएकामध्ये सबैभन्दा धेरै चुक्ता पुँजी नेको इन्सुरेन्सको १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । 

 
१२ कम्पनीको जगेडा कोष वृद्धि 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १२ कम्पनीको जगेडा कोष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा अजोड इन्सुरेन्स रहेको छ । अजोडको जगेडा कोष १२६.२४% ले बढेर ७ करोड ५६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष हुनेमा भने नेको इन्सुरेन्स परेको छ । यसको जगेडा कोषको आकार ५८.२९% ले बढेर ६८ करोड २३ लाख १७ हजार रुपैयाँ पुगेको छ । यता, हिमालयन जनरल इन्सुरेन्सको भने जगेडा कोष भने घटेको छ । 

 
१३ वटै कम्पनीको बिमा कोषको आकार बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १३ वटै कम्पनीको बिमा कोषको आकार बढेको छ । यसअवधिमा सबैभन्दा धेरै बिमा कोषको आकार बढ्नेमा जनरल इन्सुरेन्स रहेको छ । यसको बिमा कोषको आकार ११५.३९% ले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै बिमा कोष नेको इन्सुरेन्सको १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ बराबरको रहेको छ । 

 
१२ कम्पनीको खुद बिमा शुल्क वृद्धि 
 
चैत मसान्तसम्म अइपुग्दा १२ कम्पनीको खुद बिमा शुल्क बढ्यो । यसअवधिमा सबैभन्दा धेरै खुद बिमा शुल्क बढ्नेमा अजोड इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क ६१.६४% ले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा भने नेको इन्सुरेन्स नै रहेको छ । यसले १ अर्ब ३६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जनरल इन्सुरेन्सको खुद बिमा शुल्क भने घटेको छ । 

 
१२ कम्पनीको खुद नाफा बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १२ कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा युनाइटेड इन्सुरेन्सको खुद नाफा सबैभन्दा धेरै बढेको छ । यसको खुद नाफा ३३५.५३% ले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्सुरेन्स रहेको छ । यसको नाफा ४५.५७% ले बढेर ३५ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा हिमालयन जनरलको नाफा भने घटेको छ । 

 
८ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा सगरमाथा इन्सुरेन्स रहेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसाले बढेर ३८ रुपैयाँ २ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो । ३ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अजोड र सानिमा जनरल इन्सुरेन्सले यसै वर्ष आइपीओ जारी गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश छैन । 



 
 

Post Your Comment