नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा
एनएमबि बैंकको खुद नाफा ६.०४% ले बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ५.३८% ले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ५.३७% ले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा छ ।