नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी खुला, भाउ कति ?

10 Jun,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_31_25_6_7_2021_10_06_33_6_10_2021_9_30_52.jpg
नेपाली पैसा 

काठमाडौं  : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आज बिहीबार (जेठ २७ गते)  बाट ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १० गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल  नक्साल, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।   
 

Post Your Comment