Market Closed

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

15 Sep,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_21_38_6_16_2021_10_05_08_9_15_2021_8_45_29.jpg
नेपाली पैसा 

काठमाडौं  : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आज बुधबार (भदौ ३० गते) बाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असोज १३ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।   
 

Post Your Comment