Market Closed

नेसनल माइक्रोफाइनान्सलाई सचेत गराउँदै नेप्सेद्वारा सेयर कारोबार फुकुवा

24 Jan,2023
  • nepse_10_31_2022_7_52_29_1_24_2023_4_20_04.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ । अब बुधबारदेखि यसको सेयर कारोबार पुनः सुरु हुनेछ । नेसनलले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सोमबारदेखि सेयर कारोबार रोक्का गरेको थियो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो । 
 
नेसनलले प्रविधिक कारणले यस्तो भएको र अब उप्रान्त यस्तो नहुने स्पष्टीकरण पेश गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । नेसनलले सोमबार (माघ ९ गते) सेयर बजार खुला भएपछि ३८.५% बोनस सेयर दिने निर्णय सार्वजनिक गरेपछि नेप्सेले कारोबार रोक्का गरेको थियो ।
 

Post Your Comment