नेपाली पैसा
काठमाडौं : नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ६ गते बस्ने भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि छ । साधारण सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउनेछन् ।