Market Closed

डलरको भाउले बनायो नयाँ रेकर्ड, शुक्रबारको खरिदबिक्री मूल्य कति ?

20 May,2022
  • dolalrimg_3_8_2022_11_19_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : अमेरिकी डलरको भाउमा निरन्तर वृद्धि हुँदै गएको छ । डलरको भाउले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२४ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ०७ पैसा कायम भएको छ । डलर महँगो हुनुको अर्थ नेपाली रुपैयाँ कमजोर हुनु हो । पछिल्लो समय भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । 

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुनु भनेको पनि नेपाली रुपैयाँ पनि कमजोर हुनु हो । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत  पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटनबाट आम्दानी गर्न सके यसमा पनि फाइदा हुन्छ ।

 

Post Your Comment