Market Closed

मौद्रिक नीति समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक हुँदै

27 Nov,2022
  • NRB__9_18_2020_11_43_09.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबार साँझ ६ः३० बजे चालु आर्थिक वर्षको प्रथक त्रैमासको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार साँझ भर्चुअल माध्यम (जुम)बाट पत्रकार सम्मेलन गरेर मौद्रिक समीक्षा सार्वजनिक गर्न लागेको हो । समीक्षामार्फत केन्द्रीय बैंकलाई निजी क्षेत्रको माग र वित्तीय स्थायित्वबीच सन्तुलन कायम राख्न प्रमुख चुनौती रहेको छ । 

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकलाई आयात एलसी खोल्दा नगद मार्जिन राख्ने र सरकारले प्रतिबन्ध लगाएको आयात खोन्न लगाउनुपर्ने दबाब छ । आयात प्रतिबन्धले सुस्त बनाएको आर्थिक गतिविधि विस्तारका लागि पनि प्रतिबन्ध हटाउन आवश्यक रहेको अर्थविद्ले बताउन थालेका छन् ।

तर, आयात प्रतिबन्ध भन्दा पनि अहिलेको प्रमुख समस्या ब्याजदर भएको भन्दै निजी क्षेत्रले ब्याजदर घटाउन चर्को दवाब बढाएका छन् । राष्ट्र बैंक भने अब थप ब्याजदर बढाउने पक्षमा नभए पनि घटाउन भने चुनौतिपूर्ण हुने बताउँदै आएको छ । यही परिपक्ष्यमा केन्द्रीय बैंकले केही मध्यमार्गी बाटो अवलम्बन गर्दै मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 
 

Post Your Comment