Market Closed

नेपाल टेलिकमले ल्यायो ६३६ रुपैयाँको अनलिमिटेड भ्वाइस र डाटा प्याक, यस्तो सुविधा लिन सकिने

17 Mar,2023
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58_2_14_2021_9_29_40_5_13_2021_9_38_45_8_14_2021_9_08_48_11_16_2021_10_57_26_11_16_2022_10_24_34_1_12_2023_11_04_56_3_17_2023_1_31_03.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल टेलिकमले नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । टेलिकमले आज (चैत ३ गते) देखि लागू हुने गरी पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर ल्याएको हो । टेलिकमका अनुसार ६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिनेछ । यस्तै, प्रयोगकर्ताले अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सक्नेछन् । 
 
यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध रहेको छ । त्यसैगरी, प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा रहेको टेलिकमले जनाएको छ । 
 

Post Your Comment