Market Closed

निर्धन उत्थानको १ लाख ८ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज मात्र अवसर

04 May,2021
  • acu_6_3_2018_11_35_12_5_4_2021_9_18_49.jpg
नेपाली पैसा

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको भाउ न्यूनतम ५५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले तोकिएको न्यूनतम भाउ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ । 
 
यसमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्न सकिन्छ ।
 

Post Your Comment