Market Closed

पाँचथर पावरको बिद्युत उत्पादनमा असर पर्दा ५५.५२% ले घट्यो नाफा

04 May,2021
  • profit_nes_8_31_2020_9_05_07_5_4_2021_9_08_37.jpeg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीले २ करोड ९५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५५.५२% थेरै हो । गत वर्ष कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसंँगै नाफा प्रभावित भएको छ । 
 
कम्पनीले यो त्रैमासमा खोलामा पानीको मात्रा कम भएकोले यस आयोजनाबाट उत्पादित विद्युत बिगतभन्दा कम उत्पादन भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी घटेको बताएको छ । गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष भने ११ करोड ५ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ २८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा छ ।
 

Post Your Comment