Market Closed

आधारभूत र प्राविधिक सूचकहरुका आधारमा कस्तो देखिन्छ पोखरा फाइनान्सको अवस्था ?

17 Jul,2021
  • Pokhara-finance-Ltd_7_26_2018_12_55_45_12_12_2019_10_34_17_1_3_2020_10_09_11_1_10_2020_1_21_00_1_29_2021_9_07_44_4_29_2021_12_03_45.jpg
नेपाली पैसा 
 
काठमाडौं  : पोखरा फाइनान्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३४.९७% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा पोखरा फाइनान्सले खुद ब्याज आम्दानी ३.५०% ले बढाएर २५ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

अघिल्ल्लो वर्ष कम्पनीले २४ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसले सञ्चालन नाफा पनि १२ करोड ६० लाख रुपैयाँबाट बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म पोखराले ९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ५ अर्ब ९७ करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
तेस्रो त्रैमाससम्ममा यसको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने २८ करोड ९५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०१ पैसा (वार्षिकं) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४९ पैसा रहेको छ । यसले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश दिएको छ । 

 
फ्लोरसिट




 
पोखरा फाइनान्सको गत दुई साताको फ्लोरसिट अध्ययन गर्दा २०, ५६ र ३ नम्बर ब्रोकरबाट सबैभन्दा बढी सेयर खरिद भएको देखिन्छ भने २०, ३ तथा १३ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै बिक्री भएको छ । यसरी हेर्दा ब्रोकर नम्बर २० तथा ५६ नम्बरबाट धेरै सेयर होल्डिङ भएको छ । यहि २ साताको अवधिमा फ्लोरसिटमा १ लाख ५७ हजार १८४ कित्ता खरिद तथा बिक्री भएको छ ।

पोखरा फाइनान्सको टप ५ वटा कारोबार भोल्यूमको ब्रोकर कमिसन सहितको औसत लागत ६६० देखि ६८० रुपैयाँ पर्ने देखिन्छ । यसको १ महिनाको फ्लोरसिट हेर्दा खरिद २०, ३८ तथा १६ नम्बरबाट धेरै सेयर होल्डिङमा रहेको छ ।
 
इलियट वेभ

 
इलियट वेभ सिद्धान्तबाट पोखरा फाइनान्सको चार्ट हेर्दा मेजर वेभ ४ सकेर वेभ ५ को पहिलो वेभ बन्ने प्रकियामा रहेको देखिन्छ । गत अप्रिलबाट २३० को बिन्दुमा वेभ १ पूरा गरेर करिब २३ प्रतिशतको करेक्सनसहित २८० रुपैयाँमा मेजर वेभ २ पूरा गर्यो । त्यसपछि वेभ १ तथा वेभ २ बाट ८१५ रुपैयाँको तहमा वेभ ३ पूरा भएको थियो ।

सामान्यतयः फिबोनेसी रिट्रेसमेन्ट वेभ १ तथा २ बाट १.६१८ प्रतिशतसम्म जाने गर्दछ । यसले गर्दा पोखरा फाइनान्समा मेजर वेभ ३ केही एक्स्टेन्ड भएको मान्न सकिन्छ । अब मेजर वेभ १, ३ तथा ४ को बिन्दुबाट एक्सटेन्सन लिँदा मेजर वेभ ५ भने ६१.८० प्रतिशतको बिन्दुबाट ९३० रुपैयाँसम्म पुग्ने सम्भावना प्रबल रहेको छ ।

यसका लागि मेजर ३ अर्थात् ७७० रुपैयाँको तहलाई ठूलो भोल्यूमका साथ ब्रेक गर्नुपर्छ । यदि यसको मूल्य ५२० रुपैयाँ भन्दा तल आएको अवस्थामा माथिको काउन्ट अवैध हुनेछ । यस सिद्धान्तमा ट्रेन्ड सेट सप गर्ने इम्पल्सिभ वेभ तथा करेक्सनको संकेतका रुपमा करेक्टिभ वेभको आधारमा विलेषण गरिन्छ । 
 
प्राविधिक विश्लेषण

 
 यस साता करोवार बन्द हुँदा यो कम्पनीको मूल्यमा माथिल्लो भागमा लामो स्याडो सहितको हरियो साप्ताहिक मैनबत्ति आकृति बनेको छ । यस मैनबत्ती आकृतिले अत्याधिक क्रेता आकर्षित रहे पनि सेयर बिक्री गर्नेहरु पनि उत्तिकै मात्रामा रहेको संकेत गर्दछ । 
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० बाट ६१ को स्कलेमा आएको छ । यदि १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६० को स्केल भन्दा माथि रहेमा बुलिस ट्रेन्डमा रहेको मानिन्छ । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स
 
केही साताअघि एमएसीडी र सिग्नल रेखा एक आपसमा ओभर ल्याप भएको छ । एमएसीडी र सिग्नल रेखा तलबाट माथि गयो भने बुलिस क्रस हुने सम्भावना प्रबल रहन्छ । यसमा हिस्टोग्राम सेन्ट्रल लाइनबाट माथि आउने अवस्था रहेको छ ।   
 
कमोडिटी च्यानल इन्डेक्स
 
यस साता कमोडिटी च्यानल इन्डेक्स धनात्मक १५७ को स्केलमा आएको छ । यसले पनि भाउ माथितिर जाने वा सकारात्मक मुभ आउने संकेत गर्दछ । कमोडिटी च्यानल इन्डेक्सले धनात्मक १०० मा खरिद तथा ऋणात्मक १०० मा बिक्री गर्नका लागि संकेत दिने गर्दछ । 
 
बोलिङगर ब्याण्ड 
 
यस सिद्धान्त अनुसार मूल्यले माथिल्लो ब्याण्डलाई छोएर पुनः तल आएको छ । यदि मूल्यले माथिल्लो ब्याण्ड ब्रेक गरेमा ब्रेक आउट हुनेछ । यस्तो अवस्थाले भाउ बढ्ने संकेत गर्दछ । बोलिङगर ब्याण्डले बजार मूल्यमा हुने उतारचढावको मापन गर्दछ । 
 
निष्कर्ष
 
पोखरा फाइनान्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३४.९७% ले धेरै हो । अघिल्लो वर्ष सम्भावित जोखिम बापत १ करोड ८१ लाख रुपैयाँ छुट्याएको यस फाइनान्सले गत आवको तेस्रो त्रैमासमा १ लाख ४४ हजार रुपैयाँ मात्रै छुट्याएको छ । यसले पनि खुद मुनाफा बढाउन सहयोग पुगेको हो । 
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६१ मा रहेकाले बुलिस ट्रेन्डमा रहेको मान्न सकिन्छ । एमएसीडी र सिग्नल रेखा तलबाट माथि क्रस गर्ने सम्भावना पनि रहेको छ । कमोडिटी च्यानल इन्डेक्स धनात्मक १५७ को स्केलमा छ । प्राविधिक सूचकले पोखरा फाइनान्सको भाउ बढ्ने सम्भावना प्रबल रहेको देखिन्छ । 
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन आम लगानीकर्ताहरुमा अनुरोध गरिन्छ । 
 

Post Your Comment