नेपाली पैसा
काठमाडौं : प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को संस्थापक सेयर लिलामीमा आवेदन दिने बिहीबार (चैत २६ गते) अन्तिम दिन हो । सीआइटीको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयरमा बिहीबार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
प्रिमियरले आफ्नो स्वामित्वमा रहेको सीआइटीको सेयर चैत ११ गतेदेखि लिलामीमा ल्याएको हो । नागरिक लगानी कोषको संस्थापक सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।