Market Closed

प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

23 Jul,2021
  • Auction_9__8_24_2020_9_07_52_7_11_2021_10_04_39_7_23_2021_8_35_34.jpg
नेपाली पैसा

काठमाडौं  : प्रिमियर इन्सुरेन्स कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (साउन ८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ५५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसअघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि कम्पनीले फेरि बिक्रीमा ल्याएको हो । 
 
यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद साउन ८ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
 

Post Your Comment