Market Closed

महालक्ष्मी विकास बैंकले प्रुडेन्सियल इन्सुरेन्सको सेयर बेच्ने, भाउ कति ?

15 Sep,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_21_38_6_16_2021_10_05_08_9_15_2021_8_34_20.jpg
नेपाली पैसा

काठमाडौं : महालक्ष्मी विकास बैंकले असोज १ गते  देखि आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेश गर्नुपर्नेछ ।
 

Post Your Comment