Market Closed

प्रभु बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, कस्तो पायो रेटिङ ?

14 Sep,2021
  • rating_11_26_2019_11_09_18_9_12_2021_1_52_20_9_14_2021_11_19_14.jpg
नेपाली पैसा

काठमाडौं : प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंकले रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘ इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । 
 
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।
 

Post Your Comment