नेपाली पैसा
काठमाडौं : प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा असोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकले आइतबार (माघ १५ गते) देखी लागू हुने गरी उनलाई तेस्रो कार्यकालका लागि नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको बिहीबार (माघ १२ गते) बसेको बैठकले शेरचनलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । शेरचन यसअघि प्रभु बैंकको दुई कार्यकाल सीइओ भइसकेका छन् ।