Market Closed

राधी विद्युतको असार २९ गते एजीएम, ३६.५०% बोनसपछि १४७.५२% हकप्रद

22 Jun,2021
  • AGM_2_21_20_6_22_2021_9_16_42.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा ३६.५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । राधीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । तसर्थ, सेयरधनी आफैले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ । 
 
यस्तै, उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हपकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । प्रस्तावित ३६.५०% बोनस सेयर वितरण भएमा राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ ।

 
सोही पुँजीमा १४७.५२% (१ः१.४७५ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गर्नेछ । तसर्थ, असार १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

Post Your Comment