Market Closed

आरबीबी म्युचुअल फन्ड-१ को इकाई बाँडफाँट, आकार २५% बढ्यो

23 Jul,2021
  • mutual_img_6_30_2021_12_04_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : आरबीबी म्युचुअल फन्ड–१ को इकाई बाँडफाँट भएको छ । कोष व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले बिहीबार इकाई बाँडफाँट गरेको हो । माग भन्दा बढी आवेदन परेपछि योजनाको आकारमा २५% थप गरिएको आरबीबी मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । यससँगै आरबीबी म्युचुअल फन्ड–१ को आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई पुगेको छ । 
 
यसअघि आरबीबी मर्चेन्ट बैंकिङले असार २३ देखि २७ गतेसम्म १० करोड इकाई निष्कासन गरेकोे थियो । इकाई बाँडफाँट सम्बन्धी विवरण सीडीएस एन्ड क्लियरिङ र आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइटबाट हेर्न सकिनेछ । आरबीबी म्युचुअल फन्डको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । 


Post Your Comment