राष्ट्रिय बिमा कम्पनीको नाफा ४९.४७% घट्नुमा यस्तो छ कारण

14 May,2021
  • rastriya_beema_company_lt_5_15_2018_11_25_38_5_14_2021_3_28_09.jpg
नेपाली पैसा

काठमाडौं  : राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ४९.४७% ले थोरै हो । गत वर्ष यस कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा गिरावट हुँदा नाफामा प्रतिकुल असर परेको देखिन्छ । 
 
कम्पनीले कर्जा तथा अन्य लगानीबाट गत वर्ष ४१ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, यस्तो आम्दानी अहिले २६ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ । यता, कम्पनीको बिमा कोषको आकार भने ८.५१% ले बढाएर २ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । 
 
चैत मसान्तसम्म यसले १९ करोड ३७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यस इन्सुरेन्सले १७ करोड ४७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३५ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार २६३ रुपैयाँ ८८ पैसा छ ।
 

Post Your Comment