रैराङको संस्थापक सेयर कारोबार खुला, तेस्रो त्रैमासको इपीएस र नेटवर्थ पनि सच्यायो

10 Jun,2021
  • rai_6_3_2018_2_39_41_6_21_2018_11_13_18.jpg
नेपाली पैसा
 
काठमाडौं : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर पनि कारोबारका लागि खुला भएको छ । कम्पनीको संस्थापक सेयर रोक्का रहने अवधि पूरा भएपछि कारोबारका लागि खुला भएको हो । आइपीओ बाँडफाँट मितिबाट ३ वर्ष पूरा भएकाले अब संस्थापक सेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिने रैराङले जानकारी गराएको छ । 
 
यता, तेस्रो त्रैमासको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी र नेटवर्थ गलत भएकाले सच्याइएको पनि कम्पनीले जानकारी गराएको छ । वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १७ पैसा हुनुपर्नेमा भुलबस १३ रुपैयाँ ३ पैसा भएको कम्पनीले जनाएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८ पैसा हुनुपर्नेमा २०० रुपैयाँ भएकाले सच्याइएको जानकारी गराएको छ ।

Post Your Comment