Market Closed

राप्ती हाइड्रोको असार २९ गतेबाट आइपीओ आउने

05 Jul,2022
  • iposs_2_15_2022_7_41_27_(1)_2_21_2022_11_36_54_2_22_2022_1_26_50_3_2_2022_1_18_21_4_11_2022_11_54_30.jpg
नेपाली पैसा

काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको हो । 

यो मध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामुहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

Post Your Comment