Market Closed

रिडी हाइड्रोपावरले उचाल्यो मुनाफाको ग्राफ, एक वर्षको नाफा ५४ करोड ४४ लाख रुपैयाँ

17 Aug,2022
  • profit_new_8_18_2020_11_04_03_2_7_2022_10_11_49_5_10_2022_8_43_04_8_17_2022_12_50_43.jpg
नेपाली पैसा

काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६४७.०४% धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड २८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यो अवधिमा यसले बिभिन्न स्रोतबाट हुने आम्दानी १७ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब १ करोड रुपैयाँ पुर्याएपछि खुद नाफाको रेखा माथितिर लागेको हो । 
 
यसअवधिमा रिडीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । साविकको रिडी हाइड्रोपावरको ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको ५२ करोड ८ लाख लाख रुपैयाँ चुक्ता पुँजी एकभएपछि यसको पुँजी बढेको हो । यस्तै, रिजर्भ कोषमा ५४ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २१ पैसा रहेको रिडीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०५ पैसा छ ।
 

Post Your Comment