नेपाली पैसा
काठमाडौं : रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न वैशाख २२ गते साधारण सभा डाकेको छ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट प्रस्ताव गरेको १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् । साधारण सभा प्रयोजनाको लागि फाइनान्सले वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार वैशाख ९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।