Market Closed

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

22 Apr,2021
  • BOOK-CLOSE-DATE_4_22_2021_8_48_21.png
नेपाली पैसा

काठमाडौं  : रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार (वैशाख ९ गते) अन्तिम दिन हो । वैशाख २२ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार (वैशाख १० गते) एक दिनका लागि बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
 
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् । 
 

Post Your Comment