फरवार्डले आरएमडीसी लघुवित्तको ३ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, भाउ कति ?

10 Jun,2021
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_31_25_6_7_2021_10_06_33_6_10_2021_2_46_51.jpg
नेपाली पैसा

काठमाडौं  : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री गर्ने भएको छ । फरवार्डले असार ३ गतेबाट आरएमडीसीको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर बिक्री खुला गर्न लागेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको छ ।
 
सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १००० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
 

Post Your Comment