Market Closed

ठूला लघुवित्त कम्पनीहरुको कस्तो छ वित्तीय अवस्था ?

05 Dec,2021
  • profitsss_12_5_2021_7_06_04.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत ७ लघुवित्त कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँभन्दा धेरै छ । यो वर्ष मेरो माइक्रोफाइनान्स पनि १ अर्ब चुक्ता पुँजी हुने कम्पनीको सूचीमा उक्लिएको छ । अरु ६ लघुवित्तको चुक्ता पुँजी भने गत वर्ष नै १ अर्ब रुपैयाँभन्दा धेरै थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीहरुले आकर्षक प्रगति गरेका छन् । हेरौं, कुन कम्पनीको अवस्था कस्तो :
 
सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ । यसको चुक्ता पुँजी २२% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ६ वटा लघुवित्तको चुक्ता पुँजी बढेको छ । आरएमडीसी लघुवित्तको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ ।

तथापि, यसले पनि अहिले बोनस सेयर घोषणा गरेकाले अब पुँजी वृद्धि हुनेछ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा डिप्रोक्स लघुवित्त रहेको छ । यसको चुक्ता पुँजी ३८% ले बढेर १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 

 
जगेडा कोषमा निर्धन उत्थान लघुवित्त सबैभन्दा अघि
 
यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको रहेको छ । यसको जगेडा कोष ५८.७६% ले बढेर ३ अर्ब ६१ करोड ५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ७ वटै लघुवित्तको जगेडा कोष बढेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । यसको जगेडा कोष १६६.०६% ले बढेर ९९ करोड ८५ लाख ४१ हजार रुपैयाँ पुगेको छ । मर्ज प्रक्रियामा गएकाले पनि यसको पुँजीमा भारी वृद्धि भएको हो । 

 
खुद ब्याज आम्दानीमा छिमेक लघुवित्त अगाडि
 
 सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २३.५०% ले बढेर ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ६ कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने डिप्रोक्स लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा मेरो माइक्रोफाइनान्स रहेको छ । यसको खुद ब्याज आम्दानी १४०.९४% ले बढेर २७ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

 
खुद नाफामा आरएमडीसी लघुवित्तको अग्रता 
 
यस अवधिमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा आरएमडीसी लघुवित्त रहेको छ । यसको खुद नाफा ३३३.१६% ले बढेर २६ करोड २४ लाख २२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ६ कम्पनीको खुद नाफा बढेको छ भने डिप्रोक्स लघुवित्तको खुद नाफा घटेको छ । यता, गत वर्ष २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नोक्सानमा रहेको निर्धन उत्थान लघुवित्तले यो वर्ष २० करोड १९ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । 

 
प्रतिसेयर आम्दानीमा पनि आरएमडीसी लघुवित्त अघि 
 
असोज मसान्तसम्ममा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी आरएमडीसी लघुवित्तको रहेको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०७ पैसाले बढेर १०१ रुपैयाँ ५ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्ने कम्पनी हो । यसअवधिमा ५ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने २ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । 

 

Post Your Comment