Market Closed

आइपीओ प्रोस्पेक्टसको वित्तीय प्रक्षेपण कति मिल्छ, महत्वपूर्ण सूचकमा फरक कति ?

07 Sep,2021
  • ipos_9_7_2021_7_39_39.png
इशारा कोइराला 
 
काठमाडौं : पुँजी बजारमा गत वर्ष उल्लेख्य मात्रामा कम्पनीहरु थपिएका छन् । विभिन्न समूहका कम्पनीहरुले आइपीओ बिक्री गरी पुँजी बजारमा भित्रिएका थिए । एक वर्षको अवधिमा मात्रै ७ जलविद्युत कम्पनीहरुले आइपीओ जारी गरे । आइपीओ जारी गरेका जलविद्युत कम्पनीहरु नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुन थालिसकेका छन् । दोस्रो बजारमा भर्खरै आइपीओ जारी गरेका कम्पनीहरुमा अझ बढी लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । फलस्वरुपः यी कम्पनीहरुको भाउ बढ्दोक्रममा छ ।
 
तथापि, कम्पनीहरुले आइपीओ जारी गर्नुभन्दा पहिले प्रोस्पेक्टसमा प्रक्षेपण गरे अनुसार नाफा कमाउन सके कि सकेनन् ? कम्पनीहरुको खुद नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका प्रमुख सूचकहरु प्रक्षेपित आँकडा भन्दा धेरै आयो कि थोरै ? कतै कम्पनीहरुले आइपीओ बिक्री गर्नकै लागि राम्रो वित्तीय प्रक्षेपण गर्ने गरेका त छैनन् ? लगायत प्रश्नहरु आम चासोको विषय बन्ने गर्दछ । तसर्थ, यही चासो सम्बोधन गर्न हामीले गत वर्ष आइपीओ बिक्री गरेका जलविद्युत कम्पनीहरुले आफ्नो प्रक्षेपण अनुसार काम गर्न सफल वा भएनन् भन्ने बारेमा तथ्यांक प्रस्तुत गरिएको छ ।
 
(जलविद्युत कम्पनीहरुले आइपीओ जारी गर्नुभन्दा पहिले सार्वजनिक गरेको प्रोस्पेक्टसमा आर्थिक वर्ष २०७७–७८ सम्मका लागि प्रक्षेपण गरेको नाफा, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई कम्पनीले आइपीओ ल्याएपछि सार्वजनिक गरेको चौथो त्रैमास (गत आर्थिक वर्षको अन्त्य) सँग तुलना गरेका छौं ।)
 
३ जलविद्युत कम्पनीको खुद नाफा प्रक्षेपण भन्दा धेरै
 
गत वर्ष आइपीओ जारी गर्ने ३ जलविद्युत कम्पनीको नाफा आइपीओ जारी गर्नुपूर्व गरिएको प्रक्षेपणभन्दा धेरै रहेको छ । प्रक्षेपण गरिए भन्दा पनि धेरै नाफा कमाउनेमा युनाइटेड इदी मर्दी, रु रु जलविद्युत र सीइडीबी हाइड्रोपावर रहेका छन् । माउन्टेन इनर्जी नेपालले भने प्रक्षेपण गरे भन्दा निकै कम मात्र नाफा गरेको छ ।

यस्तै, लिबर्टी इनर्जीले १५ करोड नाफा कमाउने प्रक्षेपण गरेकामा ३ करोड ८५ लाख रुपैयाँ नोक्सानमा छ । यता, सिंगटी र ग्रीनलाइफ हाइड्रोपावरले आफ्नो चौथो त्रैमासको वित्तीय विवरणमा नाफा नोक्सान सम्बन्धी विवरण नै समावेश गरेका छैनन् । 

 
३ कम्पनीको प्रक्षेपण भन्दा धेरै आयो प्रतिसेयर आम्दानी
 
प्रक्षेपण भन्दा बढी प्रतिसेयर आम्दानी गर्न सफल हुनेमा युनाइटेड इदी मर्दी, रु रु जलविद्युत र सीइडीबी हाइड्रोपावर कमपनी नै रहेका छन् । यिनीहरुको प्रतिसेयर आम्दानी आइपीओ अघि गरिएको प्रक्षेपण भन्दा धेरै देखिएको छ । तर लिबर्टी इनर्जीको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ । सिंगटी र ग्रीनलाइफ हाइड्रोपावरले आफ्नो चौथो त्रैमासको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी समावेश गरेका छैनन् । 

 
३ कम्पनीको प्रतिसेयर नेटवर्थ प्रक्षेपण गरेको भन्दा बढी 
 
गत वर्ष आइपीओ जारी गरेका ७ जलविद्युत कम्पनीमध्ये ३ कम्पनीको प्रतिसेयर नेटवर्थ प्रक्षेपण गरेको भन्दा बढेको छ । चौथो त्रैमाससम्म आइपुग्दा प्रक्षेपण गरेको भन्दा प्रतिसेयर नेटवर्थ बढाउनेमा ग्रीनलाइफ हाइड्रोपावर, रु रु जलविद्युत र सीइडीबी हाइड्रोपावर रहेका छन् । ४ कम्पनीको प्रतिसेयर नेटवर्थ भने प्रक्षेपण गरिएको भन्दा घटेको छ ।

 

Post Your Comment