राष्ट्रिय बिमा संस्थानको जीवन बिमा कोषमा ३२ अर्ब ४४ करोड

14 May,2021
  • profit_gns_8_18_2020_9_31_50_2_16_2021_8_41_04_5_14_2021_2_52_03.jpg
नेपाली पैसा

काठमाडौं  : राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७७–७८ को तेस्रो त्रैमासमा ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १.४३% ले थोरै हो । गत वर्ष यसले ४ करोड ९३ लाख रुपैयाँ  नाफा कमाएको थियो । चैत मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि १.०२% ले घटेर ६ करोड ७७ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
संस्थानले यो त्रैमाससम्म २ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने २६ अर्ब ७० करोड रुपैयाँबाट बढोत्तरी गरेर ३२ अर्ब ४४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३३ करोड ४४ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन ।
 

Post Your Comment