Market Closed

राष्ट्रिय बिमा संस्थानको नाफा २७.४९% ले बढ्यो, जीवन बिमा कोषमा पनि ३७ अर्ब ४१ करोड

17 Aug,2022
  • profit_gns_8_18_2020_9_31_50_2_16_2021_8_41_04_8_17_2022_10_57_19.jpg
नेपाली पैसा

काठमाडौं : राष्ट्रिय बिमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २७.४९% ले धेरै हो । गत वर्ष यसले ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि १०.६९% ले बढेर ८ अर्ब ३९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यसले ७ करोड ५८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
संस्थानले यो त्रैमाससम्म ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष पनि ३२ अर्ब ९३ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३७ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४१ करोड ३८ लाख रुपैयाँ छ ।
 

Post Your Comment