Market Closed

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएसबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

15 Sep,2021
  • CDS_NICHEP__PHOTO_9_15_2021_8_48_09.jpg
नेपाली पैसा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । मंगलबार सम्पन्न एक कार्यक्रमबीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउने जनाएको छ । हाल बैंकका मुलुकभर ९६ शाखा कार्यालय, ३१ एटीएम सञ्चालनमा रहेका छन् ।
 

Post Your Comment