Market Closed

सानिमा इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

22 Sep,2022
  • dividends_10_15_2020_8_56_39_9_22_2021_9_24_54_9_29_2021_9_49_25.jpg
नेपाली पैसा

काठमाडौं : सानिमा इक्विटी फन्डको २२% नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार (असोज ६ गते) अन्तिम दिन हो । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ । 

तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२% नगद लाभांश घोषणा गरेको हो । यसआधारमा फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।
 

Post Your Comment