Market Closed

सामलिङ पावरको आइपीओ भर्ने म्याद कहिलेसम्म छ ?

15 Sep,2021
  • IPO_10__9_15_2021_8_27_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : सामलिङ पावर कम्पनीको स्थानीय बासिन्दाका लागि भदौ १८ गतेबाट आइपीओ बिक्री खुला भइरहेको छ । यसमा इलाम जिल्लाका बासिन्दाले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।

यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ ।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।
 

Post Your Comment