नेपाली पैसा
काठमाडौं : नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२% बोनस सेयर र ३% नगद लाभांश वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । सिद्धार्थले माघ १६ गते बसेको वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर तथा नगद लाभांश पारित गरेको थियो । बैंकले ३% नगद लाभांश भने यसअघि नै सेयरधनीको खातामा पठाई सकेको छ । बोनस सेयरपछि सिद्धार्थको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ पुगेको छ ।