Market Closed

सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

20 May,2022
  • debenture_1_19_2021_3_28_51_5_12_2022_4_32_54_5_20_2022_4_11_10.jpg
नेपाली पैसा 

काठमाडौं : सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
यस ऋणपत्रमा वार्षिक १०.७५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
 

Post Your Comment