Market Closed

श्वेत गंगा हाइड्रोपावरले आयोजना प्रभावितलाई बिक्री गरेको आइपीओ बाँडफाँट

05 Jul,2022
  • ipo_12_25_2020_4_32_30_2_15_2022_8_03_38_2_16_2022_9_53_10_2_18_2022_11_30_12_2_21_2022_10_39_52_2_23_2022_10_26_49_2_25_2022_12_04_01.jpg
नेपाली पैसा
 
काठमाडौं : श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जेठ २३ गतेदेखि असार ६ गतेसम्म कुल १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ लाई कुल सेयरको ७०% हुने ११ लाख १५ हजार १०० कित्ता छुट्याएको थियो । 
 
साथै, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकको वडा नं १ र ३ लाई कुल सेयरको २५% अर्थात् ३ लाख ९८ हजार २५० कित्ता सेयर बिक्री गरेको थियो । त्यस्तै, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाई ५% अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गरेको थियो । 
 
उक्त सेयरहरु सोमबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ । आइपीओ बाँडफाँटको नतिजा सानिमा क्यापिटल र श्वेत गंगा हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । आइपीओ बाँडफाँडमा नपरेको सेयर बापतको रकम भने असार २४ गते शुक्रबारदेखि फिर्ता हुने सूचनामा उल्लेख गरिएको छ । श्वेत गंगाले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुने सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको हो । अब दोस्रो चरणमा आसर्वसाधारणलाई सेयर बिक्री हुनेछ ।

Post Your Comment