Market Closed

शाइन रेसुंगा बैंकको ३९ हजार ९९१ कित्ता सेयर बिक्री खुला, भाउ कति ?

17 Aug,2022
  • shine-resunga-development-bank-_4_25_2018_12_29_53_3_3_2022_12_13_18_4_27_2022_10_40_11_8_17_2022_10_38_49.jpg
नेपाली पैसा

काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज बुधबार (भदौ १ गते) देखि संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १४५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले  भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Post Your Comment