Market Closed

धितोपत्र बोर्डले दियो ५ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति

24 Nov,2022
  • IPO_10__9_12_2022_7_41_07.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले ५ वटा हाइड्रोपावर कम्पनीहरुलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ११ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस्तै, सुपरमाई हाइड्रोपावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । उक्त आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
यता, सुपर मादी हाइड्रोपावरलाई ३१ लाख ५० हजार कित्ता र माया खोला हाइड्रोपावरलाई ३४ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागेका हुन् । सुपर मादीको आइपीओको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल र माया खोलाको प्रभु क्यापिटलले गर्नेछ ।

यसैगरी, शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले भने सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । ५ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति पाएका हुन् ।
 

Post Your Comment