नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा
सगरमाथा इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ०.६०% ले बढेर २८ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५% ले बढेर १ अर्ब ९ करोड ५७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, जीवन बिमा कोषको आकार पनि २३.६१% ले बढेर १ अर्ब १८ करोड २५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ छ ।