Market Closed

निर्जीवन बिमा कम्पनीहरुको लाभांश घोषणामा विलम्ब, अहिलेसम्म यस्तो छ अवस्था

25 Feb,2021
  • dividend-_2_25_2021_7_48_25.jpeg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत विभिन्न समूहका अधिकांश कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसक्दा बिमा कम्पनीहरुले भने बल्ल लाभांश घोषणा गर्न थालेका छन् । चालु आर्थिक वर्ष सुरु भएको ७ महिना कटिसक्दा निर्जीवन बिमातर्फ जम्मा ७ वटा   कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका यी सबै कम्पनीको साधारण सभा हुन बाँकी नै छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बिमा समिति र सम्बन्धित इन्सुरेन्स कम्पनीहरुको साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । नेप्सेमा अहिले १८ वटा निर्जीवन बिमा कम्पनीहरु सूचीकृत रहेका छन् । अहिलेसम्म घोषणा गर्नेहरु मध्ये सबैभन्दा धेरै लाभांश शिखर इन्सुरेन्सको रहेको छ ।

शिखरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २७.७७% बोनस र कर प्रयोजनका लागि १.४६% नगद लाभांश वितरण गर्न लागेको छ । प्रिमियर इन्सुरेन्सले नगद लाभांशलाई प्राथमिकता दिएको छ भने अन्य कम्पनीले बोनस सेयरलाई । हेरौं हालसम्म लाभांश घोषणा गर्ने निर्जीवन बिमा कम्पनीहरु :

 
किन हुँदैछ लाभांश घोषणामा ढिलाई ?
 
चालु आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा पनि १८ मध्ये ७ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाशांश घोषणा गरेका छन् । तथापि, लाभांश घोषणा गरेका कम्पनीहरुको वार्षिक साधारण सभाबाट लाभांश पारित हुनै बाँकी रहेको छ । नियामकीय प्रवधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुससम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा गरिसक्नुपर्ने हुन्छ ।

नियम अनुसार समय सकिएको डेढ महिना हुन लाग्दा पनि लाभांश घोषणाको कुनै सुरसार बिमा कम्पनीहरुमा देखिएको छैन । यता, नियामक बिमा समिति समेत लाभांश प्रस्ताव र साधारण सभाको मितिमा लचिलो बनेको छ । किन भने बिमा कम्पनीहरुले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लाग्ने भएकाले यसमा ढिलाई भएको समितिकै भनाई छ । गत वर्षको नाफाबाट लाभांश दिने भएकाले परिस्कृत वित्तीय विवरण तयार पार्नुपर्ने हुन्छ । 
 
यस्तै, कतिपय कम्पनीहरुले लाभांश स्वीकृतिका लागि नियामक बिमा समितिमा प्रस्ताव लगेका छन् । तर समितिबाट प्रारम्भिक स्वीकृति हुन पनि विलम्ब भइरहेको कम्पनीहरुको भनाई छ । तथापि, विगत वर्षहरुमा पनि अधिकांश बिमा कम्पनीले समयमा साधारण सभा गर्न सकेका थिएनन् ।

समितिले सञ्चालनमा रहेका सबै जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई समयमै नयाँ प्रणाली एनएफआरएस अनुसार वित्तीय विवरण बनाउन निर्देशन दिएको छ । यद्दपि, त्यस अनुसार बिमा कम्पनीहरुले सजिलै र समयमै वित्तीय विवरण तयार पार्न भने सकेका छैनन् । जसका कारण लाभांश प्रस्ताव र साधारण सभा बोलाउनमै विलम्ब भइरहेको छ ।
 

Post Your Comment