नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा
शिखर इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा यसको नाफा १.०४% ले बढेर ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार १९.३५% ले बढेर १ अर्ब ४७ करोड ८७ लाख २० हजार रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन ४.४८% ले बढेर १ अर्ब १३ करोड १० लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ९६ पैसा छ ।