Market Closed

मर्जर प्रक्रिया सम्पन्न भएपछि समता घरेलु लघुवित्तको सेयर कारोबार फुकुवा

03 May,2021
  • 2_5_3_2021_5_23_49.jpg
नेपाली पैसा
 
काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । समता र घरेलु लघुवित्तले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार पनि सुरु गरेपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो । मंगलबारबाट यो लघुवित्त दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ ।

यसका साथै, यी दुई लघुवित्त १ः०.८० सेयर स्वाप अनुपातमा गभिदा कायम भएको २८ लाख ५६ हजार २०१.६० कित्ता सेयर पनि नेप्सेमा सूचीकरण भएको छ । उक्त सेयर मर्जरपछि बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकरण भएको हो । समता र घरेलु लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेबाट एकीकृत कारोबार भएको हो । 

Post Your Comment