Market Closed

समता र घरेलु लघुवित्त मर्जपछि वैशाख २ गतेबाट एकीकृत कारोबार हुँदै

07 Apr,2021
  • 1_4_7_2021_9_42_13.jpg
नेपाली पैसा
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेबाट एकीकृत कारोबार हुने भएको छ । यी दुई लघुवित्तको मर्जरपछि बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा एकीकृत कारोबार हुन लागेकोे हो । एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न चैत ३१ गते दुवै लघुवित्तको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । 
 
दुवै संस्थाले पुस १४ गते बसेको वार्षिक साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नियामक नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई चैत १० गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं. ८ मा रहने भएको छ । 

Post Your Comment