नेपाली पैसा
काठमाडौं : समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा २१.२९% ले बढेर १४ करोड ५३ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खराब कर्जामा पनि सुधार आएको छ । जसले मुनाफा बढ्न सहयोग पुगेको हो ।
असार मसान्तसम्म आइपुग्दा समिटको रिजर्भ कोष १६.२४% ले बढेको छ । यसको रिजर्भमा २५ करोड ३२ लाख ५६ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा २१ करोड ७८ लाख ६४ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने घटेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।
