Market Closed

सुपर मादी हाइड्रोपावरकोे आइपीओ ७ लाखले भरे, कति कित्ताका लागि पर्यो आवेदन ?

24 Jan,2023
  • ipos_5_3_2019_10_26_55_6_23_2022_5_04_42_8_9_2022_10_25_11_8_21_2022_7_40_03_8_26_2022_2_49_40_1_19_2023_4_56_40_1_24_2023_5_36_49.jpg
नेपाली पैसा

काठमाडौं  : सुपर मादी हाइड्रोपावरको आइपीओमा ८१ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ १० गते)  सम्ममा ७ लाख २६५ जनाले ८१ लाख ५८ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४.६८ गुणा बढी आवेदन हो । कम्पनीले सोमबार (माघ ९ गते) देखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो । 
 
यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्र खुला गरेको हो । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । 
 
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।
 

Post Your Comment