नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा
सनराइज बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा २१.४७% ले घटेर ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ छ ।
बैंकको सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २१.५९% ले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता, खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । खुद ब्याज आम्दानी ०.८०% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा छ ।