Market Closed

सनराइज बैंकका संस्थापकले ३ लाख ९ हजार कित्ता सेयर बिक्री गर्दै, भाउ कति ?

17 Mar,2023
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24_6_7_2021_10_30_15_(1)_8_26_2021_11_34_33_4_4_2022_12_23_33_3_17_2023_10_38_03.jpg
नेपाली पैसा

काठमाडौं : सनराइज बैंकका दुई जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९ हजार ९९१ कित्ता सेयर बिक्री गर्ने भएका छन् । जसमा संस्थापक रामकृष्ण मानन्धरले आफ्नो नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १२५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको ४६ हजार ४९५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । 
 
यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १२८ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

Post Your Comment